Friday, December 5, 2025
Homeफिचरपुष्पदर्शन साकोसको १९ औं वार्षिक साधारणसभा सम्पन्न

पुष्पदर्शन साकोसको १९ औं वार्षिक साधारणसभा सम्पन्न

विराटचोकः मोरङको सुन्दरहरैँचा– १० स्थित पुष्पदर्शन बचत तथा ऋण सहकारी संस्थाको १९ औ वार्षिक साधारणसभा सम्पन्न भएको छ । साधारणसभामा प्रमुख अतिथि दुर्गा पोखरेल थिए ।

साधारण सभामा संस्थाका अध्यक्ष डोलेश्वर तिम्सिनाले सञ्चालक समितिको तर्फबाट संस्थाको गतिविधि प्रस्तुत गर्नुभएको थियो । कार्यक्रममा संस्थाका सचिव ध्रुवप्रसाद दाहालले संस्थाको प्रगति प्रतिवेदन तथा प्रस्तावित कार्ययोजना प्रस्तुत गर्नुभएको थियो । लेखा संयोजक पुरूषोत्तम नेपालले लेखा तथा सुपरिवेक्षण समितिद्वारा प्रस्तुत प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो ।

सहकारीको साधारणसभामा वर्षको उत्कृष्ट ऋणी, वर्षको उत्कृष्ट बचतकर्ता, ज्येष्ठ सदस्य सम्मान, वर्षको उत्कृष्ट बाल बचतकर्ता, उत्कृष्ट कक्षा १२ पुरस्कार तथा वर्षको उत्कृष्ट कर्मचारीलाई पुरस्कार तथा सम्मान गरिएको थियो ।

RELATED ARTICLES

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Advertisment -
- Advertisment -
- Advertisment -
- Advertisment -

Most Popular

Recent Comments