विराटचोकः आज नेप्से परिसूचक सामान्य अङ्कले बढेको छ । आज नेप्से परिसूचक ०.१२ प्रतिशत अर्थात् ३ दशमलव २१ अङ्कले बढेर २ हजार ५६५.१६ विन्दुमा पुगेको छ । नेप्सेमा सूचीकृत मध्ये ३२७ कम्पनीको ७९ लाख ४७ हजार ५८ कित्ता शेयर ५५ हजार ६३२ पटक किनबेच हुँदा ३ अर्ब ६२ करोड ६१ लाख ७५ हजार ११० रुपैयाँको शेयर कारोबार भएको छ ।
हालै नेप्सेमा सूचीकृत भएका साइन रेसुङ्गा डिबेञ्चर, बन्दीपुर केवलकार, माबिलुङ इनर्जी, सागर डिष्टिलरी र बुङ्गल हाईड्रोको शेयरमूल्य आज १० प्रतिशतले बढेको छ । केही दिन अघि आईपीओ सूचीकृत भएको दरमखोला हाईड्रोको शेयरमूल्य पनि ६ दशमलव ८८ प्रतिशतले बढेको छ । बजार बढे पनि सिटी होटल्सको शेयरमूल्य आज सर्वाधिक अर्थात ४ दशमलव ९६ प्रतिशतले घटेको छ ।
नेप्सेमा सूचीकृत १३ वटा समूहमध्ये ७ वटामा हरियाली छाउँदा जलविद्युत समूह सर्वाधिक अर्थात ० दशमलव ७७ प्रतिशतले बढेको छ । अन्य समूह सर्वाधिक अर्थात ० दशमलव ६७ प्रतिशतले घटेको छ ।
हिजो राम्रो बोनस घोषणा गरेको साहस उर्जाको आज सर्वाधिक ३५ करोड ५८ लाख ७१ हजार ३७ रुपैयाँको शेयर किनबेच भएको छ । राधी विद्युत, एनआरएन इन्फ्रास्ट्रक्चर, शिवम् सिमेन्ट्स, सिनर्जी पावर उच्च कारोबार गर्ने मुख्य कम्पनीमा परेका छन् ।
बजार बढेसँगै समग्र बजार पूँजीकरण ४२ खर्ब ९६ अर्ब ६५ करोड ४६ लाख ५ हजार ४६५ रुपैयाँ कायम भएको छ ।







