सुन्दरहरैंचाः आज सुनको भाउले हालसम्मकै ऐतिहासिक मूल्य कायम गरेको छ । आज सुनको भाउ हालसम्मकै उच्च मूल्य अर्थात् तोलाको १ लाख २२ हजार रुपैयाँमा कारोबार भइरहेको छ । सुनको भाउ तोलामा १ हजार ३०० रुपैयाँ बढेको छ भने चाँदीको भाउ तोलामा १५ रुपैयाँ बढेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुनको भाउ प्रति तोला १ लाख २२ हजार रुपैयाँ निर्धारण भएको छ । तेजाबी सुनको भाउ प्रति तोला १ लाख २१ हजार ४ सय रुपैयाँ र चाँदीको भाउ प्रति तोला १ हजार ४ सय ९० रुपैयाँ निर्धारण भएको छ ।
हिजो सुनको भाउ तोलामा २०० रुपैयाँ बढेको थियो भने चाँदीको भाउ तोलामा १० रुपैयाँ घटेको थियो ।
अस्ति सुनको भाउ तोलामा ६०० रुपैयाँ र भने चाँदीको भाउ तोलामा १० रुपैयाँ बढेको थियो ।
यसअघि मंसिर १७ गते सुनको भाउले रेकर्ड कायम गरेको थियो । सो दिन सुनको भाउ प्रतितोला १ लाख २० हजार ८०० रुपैयाँ पुगेको थियो ।