सुन्दरहरैंचाः मुसहर समुदायको जनजागरण सभा सोमबार सुन्दरहरैंचाको वडा नम्बर ६ मा सम्पन्न भएको छ । नेपाल राष्ट्रिय मुसहर संघ सुन्दरहरैंचाका आयोजनामा कार्यक्रम भएको थियो ।
मुसहर समुदाय शिक्षाको अभावले पछाडि परेको हुँदा शिक्षादीक्षामा चासो दिनुपर्ने जनजागरण सभाका वक्ताहरुले बताए ।
सुन्दरहरैंचा नगरपालिकाका प्रमुख केदारप्रसाद गुरागाईँको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा संघका इटहरी अध्यक्ष उमेश ऋषिदेवका साथै संघका विभिन्न जिल्लाका र केन्द्रका प्रतिनिधिहरुले आफ्नो भनाइ राखेका थिए ।
उमेश ऋषिदेव र कविता ऋषिदेवले कार्यक्रम सञ्चालन गरेका थिए ।