सुन्दरहरैंचाः विभिन्न ८ कम्पनीको लाभांश सुरक्षित गर्ने आ अन्तिम दिन रहेको छ । साधारण सभा तथा लाभांश वितरण प्रयोजनार्थ पुस १३, १४, १५ र १६ गते बुक क्लोज गर्ने कम्पनीको शेयर किन्ने आजै अन्तिम दिन हो । बुक क्लोजको अघिल्लो दिनसम्म शेयर किन्नेले लाभांश पाउँछन् ।
पुस १३ गते आइसीएफसी फाइनान्स, सिक्लेस हाइड्रोपावर तथा हिमालयन डिष्टिलरीले बुक क्लोज गर्दैछन् ।
आईसीएफसी फाइनान्सको पुस २९ गते आम्रपाली ब्यांक्वेट, थिरबम सडक, भाटभटेनी, काठमाडौँमा हुने २० औँ वार्षिक साधारणसभाले हाल कायम चुक्ता पूँजीको ६ दशमलव ५ प्रतिशतका दरले नगद लाभांश वितरण गर्ने प्रस्ताव पारित गर्ने भएको छ ।
सिक्लेस हाइड्रोपावरले पुस २७ गते शुक्रबार आभ्या क्लब, धारीपाटन, पोखरामा १९ औँ वार्षिक साधारण सभा बोलाएको छ । सभाले हाल कायम चुक्ता पूँजीको ६ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव पारित गर्नेछ ।
हिमालयन डिष्टिलर ले पुस २५ गते रजिष्टर्ड कार्यालयमा बिहान १० बजे २३ औँ वार्षिक साधारण सभा बोलाएको छ । सभाले १० प्रतिशत बोनस शेयर र १५ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव पारित गर्नेछ ।
राधी विद्युत कम्पनीले पुस १५ गते बुक क्लोज गर्दैछ । पुस २९ गते आफ्नो कार्यालय, त्रिपुरेश्वर, काठमाडौँमा हुने साधारणसभाले हाल कायम चुक्ता पूँजीको ४ दशलमव ७५ प्रतिशतका दरले बोनस शेयर र सोको कर प्रयोजनार्थ ०.२५ प्रतिशत नगद लाभांश वितरण गर्ने विशेष प्रस्ताव पारित गर्ने भएको छ ।
पुस १६ गते आत्मनिर्भर लघुवित्त, घोराही सिमेन्ट, सपोर्ट लघुवित्त तथा साना किसान विकास लघुवित्तले बुकक्लोज गर्दैछन् ।
आत्मनिर्भर लघुवित्तले पुस २८ गते होटल माला ईन, घोराही दाङमा पाँचौ वार्षिक साधारण सभा बोलाएको छ । सभाले हाल कायम चुक्ता पूँजीको १० प्रतिशत बोनस शेयर र कर सहित ५ प्रतिशतका दरले नगद लाभांश वितरण गर्ने विशेष प्रस्ताव पारित गर्नेछ ।
घोराही सिमेन्टले पुस २८ गते दाङ जिल्लाको घोराही उप महानगरपालिका वडा नं. १५ भरतपुरमा अवस्थित होटल पौवामा तेस्रो वार्षिक साधारण सभा बोलाएको छ । सभाले हाल कायम चुक्ता पूँजीको १५ प्रतिशतका दरले बोनस शेयर वितरण गर्ने प्रस्ताव पारित गर्नेछ ।
सपोर्ट लघुवित्तले पुस २७ गते दुर्गा पार्टी प्यालेस इटहरीमा नवौँ वार्षिक साधारण सभा बोलाएको छ । सभाले हाल कायम चुक्ता पूँजीको १३ प्रतिशतका दरले बोनस शेयर र सोको कर प्रयोजनार्थ ० दशमलव ६८४ प्रतिशतका दरले नगद लाभांश वितरण गर्ने विशेष प्रस्ताव पारित गर्नेछ ।
साना किसान लघुवित्तले पुस २९ गते कृषि विकास बैंकको केन्द्रिय तालिम प्रतिष्ठान, बोडे, भक्तपुरमा २२ औँ वार्षिक साधारण सभा बोलाएको छ । सभाले हाल कायम चुक्ता पूँजीको १४ दशमलव २५ प्रतिशतका दरले बोनस शेयर र सोको कर प्रयोजनार्थ ० दशमलव ७५ प्रतिशतका दरले नगद लाभांश वितरण गर्ने विशेष प्रस्ताव पारित गर्नेछ ।
पुस १३, १४ र १५ गते शेयर कारोबार नहुने हुनाले पुस १६ गतेसम्म बुक क्लोज हुने कम्पनीको लाभांश पाउन शेयर किन्ने अन्तिम दिन आजै हो ।