Friday, December 5, 2025
Homeकला र साहित्यसुन्दहरैंचामा कथाकार मोहन काफ्लेको ‘फिराद पत्र’ माथि विमर्श

सुन्दहरैंचामा कथाकार मोहन काफ्लेको ‘फिराद पत्र’ माथि विमर्श

विराटचोकः शुक्रबार सुन्दरहरैंचाका कथाकार मोहनप्रसाद काफ्लेको कथासङ्ग्रह ‘फिराद पत्र’ को विमर्श गरिएको छ । सुकुना बहुमुखी क्याम्पसको सभाहलमा सुन्दरहरैंचा कला साहित्य विकास समितिद्वारा आयोजित कार्यक्रममा सहप्राध्यापक डा. मोहन तुम्बाहाङले कृतिभित्रका कथाहरूको चर्चा गर्नुभएको हो ।

कार्यक्रम प्राज्ञिक व्यक्तित्व भाषाविद् मेदिनीप्रसाद बरालको प्रमुख आतिथ्यतामा भएको थियो । कार्यक्रममा सुकुना बहुमुखी क्याम्पसका प्रमुख अर्जुनराज अधिकारी, भाषाविद् अमृतप्रसाद आचार्य, सुन्दरहरैंचा कला साहित्य विकास समितिका निवर्तमान अध्यक्ष छवि वैरागी घिमिरे, कोशी साहित्य–कला परिषद् नेपालका अध्यक्ष केशु विरही, विराट साहित्य समाजका अध्यक्ष विदुर सुवेदी, बेलबारी साहित्य विकास समितिका अध्यक्ष रमेश निरौला, बेलबारी प्रज्ञा–प्रतिष्ठानका अध्यक्ष रेखा सुवेदीलगायतको उपस्थिति रहेको थियो । कार्यक्रममा मोरङ तथा सुनसरीका विभिन्न स्थानका स्रष्टाहरूको बाक्लो उपस्थिति रहेको थियो ।

सुन्दरहरैंचा कला साहित्य विकास समितिका अध्यक्ष डा. दीपकप्रसाद न्यौपानेको अध्यक्षतामा सम्पन्न कार्यक्रमको सञ्चालन सचिव गीताप्रसाद श्रेष्ठले गर्नुभएको थियो ।

RELATED ARTICLES

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Advertisment -
- Advertisment -
- Advertisment -
- Advertisment -

Most Popular

Recent Comments