भेडेटारः वर्षाका कारण क्षति पुगेको नमस्ते झरना जाने पहुँच मार्गलाई तत्काल पुनर्निर्माण कार्य शुरु गरिने भएको छ ।
साँगुरीगढी गाउँपालिका अध्यक्ष जितेन्द्र रुम्दालीले सो मार्गको पुनर्निर्माण कार्य सम्पन्न गरी छोटो समयभित्रै पर्यटकका लागि पुनः खुला गरिने जानकारी दिनुभएको छ ।
पालिका अध्यक्ष राईका अनुसार अविरल वर्षाबाट झरना प्रस्थान हुने मार्गको विभिन्न भागमा क्षति भएका कारण पर्यटक आवागमन अस्थायी रूपमा रोकिएको छ । गाउँपालिकाले आवश्यक प्राविधिक अध्ययन गरी पुनर्निर्माणका लागि बजेट व्यवस्था गरेको उहाँले जानकारी दिनुभयो ।
नमस्ते झरना धनकुटा जिल्लाको प्रसिद्ध पर्यटकीय स्थल हो ।







