विराटचोकः नेपाल राष्ट्र बैंकले कार्यकारी निर्देशक गुरुप्रसाद पौडेललाई बुधबारदेखि लागू हुने गरी बैंकको प्रवक्ता तोकेको छ ।
२०५९ सालमा बैंक सेवामा प्रवेश गरेका पौडेलले बैक तथा वित्तीय संस्था नियमन विभाग, भुक्तानी प्रणाली विभाग, विदेशी विनिमय व्यवस्थापन विभाग, बैंक सुपरिवेक्षण विभागमा रहेको काम गरेको अनुभव छ । हाल उनी मानव संशाधन व्यवस्थापन विभागमा कार्यरत छन् ।
यसअघि राष्ट्र बैंकको प्रवक्ताको जिम्मेवारी किरण पण्डितले लिएका थिए ।







