विराटचोकः बुधबार नगरपालिकाको प्राङ्गणमा एक कार्यक्रम गरी सुन्दरहरैँचा नगरपालिकाले नगरका भूमिहीन दलित, भूमिहीन सुकुम्बासी र अव्यवस्थित बसोबासीलाई जग्गाधनी प्रमाणपूर्जा वितरण गरेको छ ।
भूमि सुधार, सहकारी तथा गरिबी निवारण मन्त्रालय, भूमि व्यवस्था तथा अभिलेख विभाग र सुन्दरहरैँचा नगरपालिकाको संयुक्त आयोजनामा भएको कार्यक्रममा प्रमुख आतिथ कोशी प्रदेश सरकारका आन्तरिक मामिला तथा कानुन मन्त्री रेवतीरमण भण्डारी, नगर प्रमुख केदारप्रसाद गुरागाई, उपप्रमुख अकली चौधरी, भूमि आयोग मोरङका अध्यक्ष नवीन पौडल, नापी कार्यालय मोरङका प्रमुख गिरिशलाल कर्ण, जनप्रतिनिधिहरु, विभिन्न पार्टीका प्रतिनिधिहरु, समाजसेवी लगायतका अतिथिले ७८ जना भूमिहीन तथा अव्यवस्थित बसोबासीलाई जग्गाधनी प्रमाणपूर्जा वितरण गरिएको हो ।







