विराटचोकः साताको पहिलो दिन आज शेयर बजारमा हरियाली छाएको छ । आज नेप्से परिसूचक १.१८ प्रतिशत अर्थात ३०.७५ अंकले बढेर २ हजार ६३१.१४ विन्दुमा पुगेको छ ।
नेप्सेमा सूचीकृतमध्ये ३१९ वटा कम्पनीको २ करोड ९७ लाख ३८ हजार १३९ कित्ता शेयर ६८ हजार ११२ पटक किनबेच हुँदा ९ अर्ब २० करोड ३१ लाख ४६ हजार ४२९ रुपैयाँको कारोबार भएको छ ।
व्यापार समूहबाहेक बाँकी सबै १२ समूहको सूचक बढ्दा वित्त समूह सर्वाधिक ५.१७ प्रतिशतले बढेको छ । जीवन बीमा ४.३५, उत्पादन तथा प्रशोधन ०.९६, लघुवित्त १.३८, म्युचुअल फण्ड ०.१०, निर्जीवन बीमा १.३३, अन्य समूह १.२३, बैंकिङ समूह ०.२९ प्रतिशत, विकास बैंक ०.९०, होटल १.२०, जलविद्युत समूह १.१८ र लगानी समूह ०.८०, प्रतिशतले वृद्धि भएको छ ।
आज हिमालयन बैंकको संस्थापक शेयर सर्वाधिक १ अर्ब ६६ ५० लाख ५९ हजार ४७६ रुपैयाँको किनबेच भएको छ । युनियन हाईड्रोपावर, बुटवल पावर, राधी विद्युत र एनआरएन इन्फ्रास्ट्रक्चर सर्वाधिक रुपैयाँको कारोबार गर्ने अन्य कम्पनीमा परेका छन् ।
बजार बढेसँगै सामुदायिक लघुवित्त, गोर्खाज फाइनान्स, पञ्चकन्या माई हाईड्रो, पिपुल्स पावर, तेह्रथुम पावर र गृह्वेश्वरी मर्चेन्ट बैंकिङको शेयरमूल्य १० प्रतिशत बढेको छ ।
बजार बढे पनि आज खानीखोला हाईड्रोपावरको शेयरमूल्य सर्वाधिक ४.७६ प्रतिशतले घटेको छ ।
बजार बढेसँगै समग्र बजार पूँजीकरण ४३ खर्ब ९८ अर्ब ५७ करोड १४ लाख ४५ हजार ३३६ रुपैयाँ निर्धारण भएको छ ।







