Friday, December 5, 2025
Homeकला र साहित्यसुन्दरहरैँचामा कोशी साहित्य कला परिषद्ले गर्याे भेटघाट तथा रचनावाचन कार्यक्रम

सुन्दरहरैँचामा कोशी साहित्य कला परिषद्ले गर्याे भेटघाट तथा रचनावाचन कार्यक्रम

विराटचोकः कोशी साहित्य–कला परिषद् नेपालको संयोजनमा गजलकार तथा गायक राज यात्री लम्सालको स्वागतार्थ साहित्यिक रचना वाचन तथा भेटघाट कार्यक्रम भएको छ ।

‘मेरो यात्रा’ गीत\गजल एल्बम प्रकाशनमा ल्याएका लम्सालले २०६४ सालमा ‘विम्ब’ भाग –२ (संयुक्त एल्बम) प्रकाशनमा ल्याएका थिए । विभिन्न पत्रपत्रिकामा उनका फुटकर रचनाहरू प्रकाशन हुँदै आएका छन् । सगरमाथा साहित्य प्रतिष्ठानका केन्द्रीय सदस्य तथा कोशी प्रदेश इन्चार्ज र साहित्यपोस्ट अनलाइनका युएई संयोजकसमेत रहेका उनी ग्लोरी भ्वाइस आइकन अनलाइन गायन प्रतियोगितामा २०७४ मा तेस्रो भएका थिए ।

माउण्ट मिडिया विश्व सेवा, बोधी एचडी तथा नेपाल म्युजिक फाउन्डेसनको संयुक्त आयोजनामा २०७५ सालमा सम्पन्न विश्वव्यापी गजल प्रतियोगितामा तृतीय र पाँचथर गजल मञ्चले २०७५ सालमा आयोजना राष्ट्रिय गजल प्रतियोगितामा प्रथम भएका उनी सुन्दरहरैँचा –८, सलकपुर, मोरङ स्थायी बसोबास गर्ने लम्सालले साहित्यिक भेटको अवसरमा एक दर्जनजति गीत तथा गजल गाएका थिए । उनलाई कलाकारहरू पुण्यप्रसाद सङ्ग्रौला, भूमा अधिकारी, शर्मिला सिग्देल, लीला सङ्ग्रौला, आइतराज लिम्बूले साथ दिएका थिए ।

कार्यक्रममा पुरन याक्खा, रमेश निरौला, सिजन श्रेष्ठ, प्रिन्स प्रमोदकुमार ढकाल, नवराज पोखरेल, ‘नवशिला’, चिरञ्जीवी काफ्ले, प्रकाश भट्टराई, गीताप्रसाद श्रेष्ठ, रूपनारायण श्रेष्ठलगायतका स्रष्टाहरूले रचनावाचन गरेका थिए ।

यस्तै प्रकारको कार्यक्रम यसअघि रङ्गेलीमा र बेलबारीमा सम्पन्न भइसकेको परिषद्का अध्यक्ष केशु विरहीले जानकारी दिए ।

RELATED ARTICLES

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Advertisment -
- Advertisment -
- Advertisment -
- Advertisment -

Most Popular

Recent Comments