बाँसबारीः नमुना सामुदायिक वन उपभोक्ता समूहको २३ औं वार्षिक साधारणसभा सम्पन्न भएको छ । हसिना सिमसारको सभा हलमा शनिबार भएको साधारण सभा सुन्दरहरैंचा नगरपालिका वडा नम्बर ५ का वडाध्यक्ष गणेश चौधरीको प्रमुख अतिथ्यता र वनका अध्यक्ष घनश्याम न्यौपानेको सभापतित्वमा भएको थियो ।
साधारणसभामा विशिष्ट अतिथि सब डिभिजन वन कार्यालय लाटीझोडाका प्रमुख विजय प्रजा हुनुहुन्थ्यो । कार्यक्रममा वनका अध्यक्ष न्यौपानेले आर्थिक वर्ष २०८१\८२ को प्रगति प्रतिवेदन, सचिव कविराज राईले प्रस्तावित प्रतिवेदन र लेखा समिति संयोजक इन्द्रबहादुर राईले आन्तरिक लेखा प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो ।
कार्यक्रममा सुन्दरहरैंचा नगरपालिका वडा नम्बर ५ का पूर्व वडाध्यक्ष राम रिजाल, वडा सदस्य घनश्याम घले गुरुङ, सिद्धार्थ सामुदायिक वनका अध्यक्ष प्रकाश तामाङ, हरियाली सामुदायिक वनका अध्यक्ष महेश राई, आहाले सामुदायिक वनका अध्यक्ष यामबहादुर तामाङ, सुन्दर सामुदायिक वनका प्रतिनिधि दुर्गाबहादुर प्रधान लगायतको उपस्थिति रहेको थियो ।
कार्यक्रमको सञ्चालन वनकी कोषाध्यक्ष कृष्णकुमारी सिलवालले गर्नुभएको थियो ।







