Friday, December 5, 2025
Homeफिचरगत साता ४ प्रतिशत बढ्यो नेप्से

गत साता ४ प्रतिशत बढ्यो नेप्से

विराटचोकः तिहारपछिको पहिलो साता नेप्से परिसूचक करिब ४ प्रतिशत बढेको छ । तिहार अघि २५०३.८५ विन्दुमा बन्द भएको नेप्से गत साता ३.८६ प्रतिशत अर्थात ९६.५३ अंक बढेर २६००.३८ विन्दुमा अडिएको छ ।

४ कारोबार दिनका लागि बजार खुल्दा ३ करोबार दिन नेप्से बढेको थियो भने १ कारोबार दिन घटेर बन्द भएको थियो । गत साता सेन्सेटिभ इण्डेक्स १५.२१ अंक बढेको छ भने फ्लोट इण्डेक्स ६.६७ अंक र सेन्सेटिभ फ्लोट इण्डेक्स ५.६६ अंक बढेको छ ।

गत साता कारोबार रकम पनि बढेको छ । गत साता दैनिक औसतमा ५ अर्ब ५ करोडको शेयर किनबेच भएको छ । गत साता दैनिक औसत शेयर संख्या १११.१० प्रतिशत बढेको छ भने दैनिक औसत कारोबार संख्या ५५.३७ प्रतिशत बढेको छ ।

गत साता नेप्सेको कुल बजार पूँजीकरण पनि करिब ४ प्रतिशत बढेको छ । तिहार अघिको अन्तिम कारोबार दिन ४१ खर्ब ८५ अर्ब रुपैयाँ रहेको नेप्सेको कुल बजार पूँजीकरण, गत साता १ खर्ब ६१ अर्ब रुपैयाँ बढेर ४३ खर्ब ४७ अर्ब रुपैयाँ पुगेको छ ।

गत साता स्थिर रहेको सामुहिक लगानी कोषबाहेक १२ उपसमूहको परिसूचक बढ्दा जलविद्युत उपसमूहको परिसूचक सर्वाधिक ६.३४ प्रतिशत बढेको छ ।

गत साता नेप्सेमा दुई कम्पनीको ५६ लाख २५ हजार ६६४ कित्ता शेयर सूचीकृत भएको छ । एनएलजी इन्स्योरेन्स र लाइफ इन्स्योरेन्स कर्पोरेशन (नेपाल) लिमिटेडको बोनस शेयर नेप्सेमा सूचीकृत भएको हो ।

गत साता राधी विद्युत कम्पनीको शेयरमूल्य सर्वाधिक २०.०३ प्रतिशत बढेको छ । तिहार अघि ६३९ रुपैयाँमा अन्तिम कारोबार भएको यस कम्पनीको शेयर गत साता ७६७ रुपैयाँमा अन्तिम कारोबार भएको छ । गत साता तारागाउँ रिजेन्सी होटलको शेयरमूल्य सर्वाधिक ९.५५ प्रतिशत घटेको छ ।

RELATED ARTICLES

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Advertisment -
- Advertisment -
- Advertisment -
- Advertisment -

Most Popular

Recent Comments