Friday, December 5, 2025
Homeफिचरचक्रवातको नाम कसरी राखिन्छ ?

चक्रवातको नाम कसरी राखिन्छ ?

विराटचोकः बङ्गालको खाडीमा विकास भएको मोन्था चक्रवातले नेपालमा पनि वर्षा गराएको छ । कोशी, मधेस, बागमती, गण्डकी र लुम्बिनी प्रदेशमा वर्षा गराएको सो चक्रवातको असर हिजो बेलुकादेखि सकिएको मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

कसरी राखिन्छ चक्रवातको नाम ?
यस्ता चक्रवातको नाम कसरी राखिन्छ भन्ने जिज्ञासा उठ्नु स्वाभाविक हो । समुद्रसँग जोडिएका र समुद्रको प्रत्यक्ष असर पर्ने देशले चक्रवातको नामकरण गर्दछन् । चक्रवात आउनुपूर्व नै चक्रवातको नाम राखिन्छ ।

उत्तरी हिन्द महासागर (बङ्गालको खाडी र अरब सागर) मा आउने चक्रवातहरूको नामकरण विश्व मौसम सङ्गठनको प्यानलले गर्छ । यो प्यानलमा नेपाल, भारत, बङ्गलादेश, म्यानमार, थाइल्यान्ड, माल्दिभ्स, पाकिस्तान, श्रीलङ्का, ओमान, इरान, कतार, साउदी अरब, यमन, संयुक्त अरब इमिरेट्स (युएई) लगायत देश छन् । यी देशले पालैपालो नाम राख्छन् ।

प्रत्येक देशले आठ–आठवटा नाम सुझाउने र सुझाइएका नाम पालैपालो प्रयोग हुने गर्दछ । नाम सुझाउँदा स्थानीय भाषा, संस्कृति र प्रकृतिसँग जोडिएको र लिङ्गद्वेषी नहुने शब्द चयन गरिन्छ ।

मोन्था नाम थाइल्यान्डले सन् २०२० मा प्रस्ताव गरेको थियो । रोलक्रमअनुसार उसको नाम अहिले प्रयोग भएको हो । नेपाल पनि सो प्यानलको सदस्य भए पनि नेपालले समुद्रको प्रत्यक्ष असर नभोग्ने हुनाले नेपालले चक्रवातको नाम राख्न पाउँदैन ।

RELATED ARTICLES

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Advertisment -
- Advertisment -
- Advertisment -
- Advertisment -

Most Popular

Recent Comments