Friday, December 5, 2025
Homeफिचरसाथी कम्प्युटर सेन्टरको आयोजनामा हाजिरीजवाफ सम्पन्न

साथी कम्प्युटर सेन्टरको आयोजनामा हाजिरीजवाफ सम्पन्न

गछियाः मोरङको सुन्दरहरैंचा–३ गछियामा रहेको साथी कम्प्युटर लर्निङ सेन्टरले सो संस्थामा अध्ययनरत विद्यार्थीहरूबीच हाजिरीजवाफ प्रतियोगिता गराएको छ ।

पहिलो चरण समूहगत र दोस्रो चरण व्यक्तिगत प्रतिस्पर्धाका रूपमा सञ्चालन गरिएकोमा समूहगत प्रतियोगितामा ६ वटा समूह सहभागी थिए । प्रतियोगितामा समूह सी पहिलो, समूह ई दोस्रो तथा समूह ए तेस्रो भएका थिए ।

सेन्टरका सञ्चालक निरन्जनप्रसाद आचार्यका अनुसार पहिलो हुने टिमलाई नगद ३ हजार, प्रमाणपत्र र ट्रफी प्रदान गरिएको थियो । दोस्रो हुने समूहलाई नगद २ हजार ट्रफी र प्रमाणपत्र तथा तेस्रो हुने समूहलाई नगद १ हजार, ट्रफी र प्रमाणपत्र प्रदान गरिएको थियो ।

पहिलो चरणमा उत्कृष्ट प्रदर्शन गरेका समूह सी र ई का विद्यार्थीहरूले व्यक्तिगत रूपमा दोस्रो चरणमा प्रतिस्पर्धा गरेका थिए । जसमा विजय विश्वकर्माले १६ वटा प्रश्नको लागतार सही जवाफ दिई नगद १० हजार रुपैयाँ प्राप्त गरे ।

वृन्दा बास्तोला र दीपिका खड्काले २० वटा प्रश्नको जवाफ दिएकाले उनीहरुले कम्प्युटर सेट, ट्रफी, प्रमाणपत्र र १० हजार नगद पुरस्कार हात पारे ।

RELATED ARTICLES

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Advertisment -
- Advertisment -
- Advertisment -
- Advertisment -

Most Popular

Recent Comments