Friday, December 5, 2025
Homeफिचरसुन्दरहरैंचामा अति भारी वर्षा, २४ घण्टामा भयो २४८ मिलिमिटर वर्षा

सुन्दरहरैंचामा अति भारी वर्षा, २४ घण्टामा भयो २४८ मिलिमिटर वर्षा

विराटचोकः मोन्था चक्रवातको असरका कारण नेपालका धेरै स्थानमा यति बेला वर्षा भइरहेको छ । पछिल्लो २४ घण्टामा ‘हल्का’देखि ‘अति भारी’सम्म वर्षा भएको जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।

दिउँसो ३ बजेको तथ्याङ्कअनुसार पछिल्लो २४ घण्टामा मोरङको सुन्दरहरैंचास्थित हरैँचा जलमापन केन्द्रमा सबैभन्दा धेरै २४८.२ मिलिमिटर पानी परेको छ । २०० मिलिमिटरभन्दा धेरै वर्षा हुनुलाई ‘अति भारी’ वर्षा भनिन्छ । त्यस्तै, सप्तरीको बरमझियामा १६० मिलिमिटर वर्षा भएको छ । झापाको शनिश्चरेमा १४६.६ मिलिमिटर वर्षा भएको छ । झापाको दमकमा ११३.४, झापाको अनारमनीमा १०९.४, झापाको बाहुनडाँगीमा १०७.८, इलामको मैनाचुलीमा १०६.८, उदयपुरको उदयपुरगढीमा १००.२ मिलिमिटर वर्षा भएको छ । १०० मिलिमिटरभन्दा धेरै वर्षा हुनुलाई ‘धेरै भारी’ वर्षा भनिन्छ ।

कुनै स्थानमा २४ घण्टामा २०० मिलिमिटरभन्दा धेरै पानी परे ‘अति भारी’ वर्षा भनिन्छ । २४ घण्टामा ५० देखि १०० मिलिमिटरसम्म पानी पर्नुलाई ‘भारी वर्षा’ भनिन्छ । १० देखि ५० मिलिमिटरसम्म पानी परे ‘मध्यम’ वर्षा भनिन्छ । १० मिलिमिटरसम्म पानी परे ‘हल्का’ वर्षा भनिन्छ ।

RELATED ARTICLES

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Advertisment -
- Advertisment -
- Advertisment -
- Advertisment -

Most Popular

Recent Comments