विराटचोकः आज सुन र चाँदी दुवैको भाउ बढेको छ । सुनको भाउ तोलामा २ हजार ७०० रुपैयाँ र चाँदीको भाउ तोलामा ८० रुपैयाँ बढेको हो ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुनको भाउ प्रति तोला २ लाख ३९ हजार रुपैयाँ निर्धारण भएको छ । चाँदीको भाउ प्रति तोला ३ हजार ६० रुपैयाँ निर्धारण भएको छ ।
हिजो सुनको भाउ स्थिर रहेको थियो भने चाँदीको भाउ तोलामा १५ रुपैयाँ बढेको थियो ।







