Friday, December 5, 2025
Homeफिचरमोन्था चक्रवातको प्रभाव आज बिहान ८ बजेपछि देखिने

मोन्था चक्रवातको प्रभाव आज बिहान ८ बजेपछि देखिने

विराटचोकः जल तथा मौसम विज्ञान विभागका अनुसार बंगालको खाडीमा विकसित मोन्था नामक चक्रवातको असर नेपालमा आज बिहान ८ बजेसम्म सामान्य देखिनेछ भने त्यसपछि वर्षा हुनेछ । विभागका अनुसार बिहान ८ बजेपछि कोशी, मधेस, वागमती र गण्डकी प्रदेशका अधिकांश स्थानमा सामान्यदेखि अति भारीसम्म वर्षा र हिमपात हुनेछ ।

विभागका अनुसार आज बिहान देशभर साधरणतया बदली रहेको छ । कोशी, मधेस, बागमती र गण्डकी प्रदेशका थोरै स्थानहरूमा मध्यम वर्षासहित हिमपात र बाँकी प्रदेशका एक–दुई स्थानमा हल्का वर्षासहित हिमपातको भइरहेको छ ।

आज दिउँसो कोशी, मधेस, बागमती, गण्डकी र लुम्बिनी प्रदेश लगायत बाँकी पहाडी भूभागमा अधिकांश बदली रही तराई भूभागमा साधरणतया बदली रहने छ ।

कोशी, मधेस र बागमती प्रदेशका धेरै स्थानहरूमा, गण्डकी, लुम्बिनी प्रदेशका पहाडी तथा हिमाली भूभागका केही स्थानहरूमा मध्यम वर्षाको सम्भावना रहेको छ । कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशका थोरै स्थानमा हल्का वर्षाको सम्भावना रहेको छ । देशका उच्च पहाडी तथा हिमाली भूभागका केही स्थानहरूमा मध्यम हिमपातको सम्भावना रहेको छ ।

कोशी, बागमती र गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भूभागका एक–दुई स्थानमा भारी हिमपातको साथै कोशी, मधेस, बागमती र लुम्बिनी प्रदेशका एक–दुई स्थानमा भारी वर्षाको पनि सम्भावना रहेको छ ।

चक्रवातको प्रभाव शनिबारसम्म पर्ने अनुमान विभागले गरेको छ ।

RELATED ARTICLES

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Advertisment -
- Advertisment -
- Advertisment -
- Advertisment -

Most Popular

Recent Comments