विराटचोकः जल तथा मौसम विज्ञान विभागले मौसम पूर्वानुमान सेवा ३६५ दिन नै सञ्चालन गर्ने भएको छ । विभागले सूचना जारी गरी यसबारे जानकारी दिएको हो ।
विभागले यसअघि त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलस्थित कार्यालयबाट मौसम पूर्वानुमान सेवा र हवाई उड्डयन सेवा प्रदान गर्दै आइरहेको थियो । अब मौसम पूर्वानुमान सेवा विभागको केन्द्रीय कार्यालय बबरमहलबाट तथा हवाई उड्डयन सेवा यथावत रूपमा त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थल परिसरबाटै प्रदान गर्ने जानकारी दिएको हो ।
विभागले मौसम पूर्वानुमान सेवा विशेष परिस्थितिबाहेक बिहान ६ बजेदेखि साँझ ६ बजेसम्म वर्षको ३६५ दिन नै दुई ‘सिफ्ट’मा सञ्चालन गर्ने जनाएको छ ।







