Friday, December 5, 2025
Homeअर्थघरजग्गाअसोजमा घट्यो घरजग्गाको कारोबार

असोजमा घट्यो घरजग्गाको कारोबार

काठमाडौंः भूमि व्यवस्थापन तथा अभिलेख विभागको तथ्याङ्कअनुसार पछिल्ला दिनमा घरजग्गा कारोबार घट्दै गएको छ ।

असोजमा देशभरका मालपोत कार्यालयबाट २३ हजार ३ सय ५३ लिखत पारित भएको छ । भदौमा २७ हजार ४ सय ९४ तथा गत वर्षको असोजमा ३० हजार ५ सय २७ लिखत पारित भएको विभागले जनाएको छ ।

असोजमा किनबेच घटेका कारण घरजग्गा कारोबारबाट जम्मा २ अर्ब ७३ करोड १८ लाख ८ हजार रुपैयाँ राजस्व सङ्कलन भएको छ । गत भदौमा ३ अर्ब १४ करोड ७ लाख १६ हजार रुपैयाँ राजस्व सङ्कलन भएको थियो ।

गत साउनमा ३१ हजार ६२१ लिखत पारित हुँदा ३ अर्ब २८ करोड ९१ लाख रुपैयाँ र असारमा ५५ हजार ५ सय २४ लिखत पारित हुँदा ६ अर्ब ५५ करोड १७ लाख रुपैयाँ राजस्व सङ्कलन भएको थियो ।

RELATED ARTICLES

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Advertisment -
- Advertisment -
- Advertisment -
- Advertisment -

Most Popular

Recent Comments