पाल्पा: पाल्पाको रैनादेवी छहरा गाउँपालिकाको वडा नं. ४ स्थित छहरा मेहलढापको भित्री सडक खण्डको पीपलभञ्याङ्गमा ईभी गाडी दुर्घटना हुँदा तीन जना गम्भीर घाइते भएका छन् ।
घटनास्थलतर्फ अहिले प्रहरी उद्धारका लागि गएको छ । दुर्घटना भएको गाडी सडकबाट अन्दाजी पाँच सय मिटर भन्दा तल खसेको स्थानीयले बताएका छन् ।
दुर्घटना पश्चात जिल्ला प्रहरी कार्यालय पाल्पासहित मुझुङ्ग र हाथोर्क प्रहरी चौकीको टोली घटनास्थलमा पुगेको प्रहरीले जनाएको छ ।







