सोलुखुम्बुः आज बिहान सोलुखुम्बुको लोबुचेमा अल्टिच्युड एयरको ९ एन–एमएस हेलिकप्टर हिउँमा चिप्लिएर दुर्घटना भएको छ । अवतरणका क्रममा हेलिकप्टर हिउँमा चिप्लिएको बताइएको छ ।
जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुका डिएसपी मनोजित कुँवरका अनुसार बिहान ७ बजेर ५० मिनेट जाँदा खुम्बु पासाङल्हामु गाउँपालिका–५ लोबुचेमा अवतरण गर्ने क्रममा हेलिप्याडमा चिप्लिएको हो ।
यात्रुविहीन सो हेलिकप्टरमा रहेका पाइलट विवेक खड्का अर्काे हेलिकप्टरबाट लुक्ला फर्किनुभएको डीएसपी कुँवरले जानकारी दिनुभयो ।







