Friday, December 5, 2025
Homeफिचरबिहीबारदेखि पुनः वर्षा र हिमपात हुने, पूर्वी क्षेत्र बढी प्रभावित हुने

बिहीबारदेखि पुनः वर्षा र हिमपात हुने, पूर्वी क्षेत्र बढी प्रभावित हुने

विराटचोकः अरब सागरमा विकसित मौसमी प्रणालीले भइरहेको वर्षा र हिमपात आजदेखि रोकिए पनि भोलि बिहीबार साँझदेखि बंगालको खाडीबाट विकसित मोन्था नामको चक्रवातको प्रभावले पुनः वर्षा हुने मौसमविद्ले जनाएका छन् ।

मनसुन बाहिरिएपछिको यो वर्षाका कारण पूर्वी नेपालका इलाम जिल्ला उच्च जोखिममा रहेको मौसमविद्को भनाइ छ ।

बंगालको खाडीमा विकसित मोन्था चक्रवातको प्रभावले बिहीबार साँझदेखि बागमती, मधेश र कोशी प्रदेशका जिल्लामा वर्षा तथा हिमपात हुने पूर्वानुमान छ । यसको प्रभाव गण्डकीको पूर्वी भागमा समेत पर्ने अनुमान छ ।

यो वर्षाको असर पूर्वमा बढी र पश्चिममा कम पर्ने हुनाले इलाम, धनकुटा, संखुवासभा, सोलुखुम्बु, तेह्रथुम, पाँचथर, खोटाङ र झापा जिल्ला उच्च जोखिममा पर्ने अनुमान छ ।

गत असोजमा आएको वर्षा र पहिरोले पहिल्यै जमिन कमजोर भएकाले सानो पानीले पनि फेरि पहिरो जान सक्ने सम्भावना भएकाले इलामसहितका जिल्लामा उच्च सतर्कता र पूर्वतयारी आवश्यक रहेको मौसमविद बताउँछन् ।

रोल्वालिङ, सगरमाथा, मकालु–बरुण क्षेत्रमा पनि बिहीबार र शुक्रबारसम्म पदयात्रा नगर्न मौसमविदले सुझाव दिएका छन् ।

अरब सागरको प्रणालीको प्रभावले भएको वर्षाले मुगु, डोल्पा, हुम्ला, जुम्ला, मनाङ, मुस्ताङ, म्याग्दी, रुकुम पूर्व लगायतका जिल्लाका उच्च क्षेत्रमा भारी हिमपात भएको थियो भने काठमाडौं उपत्यकासम्म वर्षा गराएको थियो ।

RELATED ARTICLES

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Advertisment -
- Advertisment -
- Advertisment -
- Advertisment -

Most Popular

Recent Comments