Friday, December 5, 2025
Homeफिचरबंगालको खाडीमा सक्रिय भएको ‘मोन्था’ चक्रवातको असर नेपालमा पनि, बिहीबारदेखि पानी पर्ने

बंगालको खाडीमा सक्रिय भएको ‘मोन्था’ चक्रवातको असर नेपालमा पनि, बिहीबारदेखि पानी पर्ने

काठमाडौंः बंगालको खाडीमा सक्रिय चक्रवात ‘मोन्था’ अधिक शक्तिशाली भएर गम्भीर चक्रवाती आँधीमा परिणत भएको छ । जसका कारण आन्ध्र प्रदेशको तमिलनाडुका केही भागमा भारी वर्षा भएको बताइएको छ ।

भारतीय मौसम विभागले जनाएअनुसार सो चक्रवात आन्ध्र प्रदेशको तटीय क्षेत्र पार गर्ने अनुमान गरेर आन्ध्र प्रदेश, ओडिशाका केही भूभागका लागि चक्रवातको चेतावनी जारी गरिएको छ । सो आँधी आन्ध्र प्रदेशको काकिनाडा नजिक मछलीपट्टनम र कलिंगपट्टनमको बीचको तट पार गरिसकेको छ ।

सो समयमा हावाको गति ९० देखि १०० किलोमिटर प्रति घण्टासम्म हुने र ‘मोन्था’को प्रभाव नेपालमा पनि पर्ने बताइएको छ । मौसमविद्हरूका अनुसार भारतमा सक्रिय भएको यो प्रणाली भोलि बिहीबार नेपालको पूर्वी भागबाट प्रवेश गर्नेछ र नेपालको कोशी, मधेस, बागमती र गण्डकी प्रदेशमा वर्षा गराउनेछ ।

 

RELATED ARTICLES

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Advertisment -
- Advertisment -
- Advertisment -
- Advertisment -

Most Popular

Recent Comments