Friday, December 5, 2025
Homeफिचरअरब सागरबाट आएको मौसमी प्रणालीका कारण हिमाली भेगमा हिमपात र पहाडमा वर्षा

अरब सागरबाट आएको मौसमी प्रणालीका कारण हिमाली भेगमा हिमपात र पहाडमा वर्षा

काठमाडौंः मनसुन बाहिरिएपछि ठूलो पानी नपर्ने गरेको भए पनि अहिले अरब सागरमा विकसित मौसमी प्रणालीका कारण नेपालको पहाडी भेगमा वर्षा र हिमाली भेगमा हिमपात भएको जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।

विभागका अनुसार अरब सागरको प्रणालीले हिमाली क्षेत्र प्रभावित भएको छ । मनाङ, मुस्ताङ, म्याग्दी, गोरखा, धादिङ, रसुवा लगायत जिल्लाको हिमाली भेगमा बाक्लो हिमपात भएको छ । मौसम पूर्वानुमान महाशाखाका अनुसार मंगलबार दिउँसो बागमती, गण्डकी, कर्णाली प्रदेशका उच्च पहाडी तथा हिमाली भेगका एक–दुई स्थानमा भारी हिमपात र वर्षा हुनेछ ।

मंगलबार राति बागमती र गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भेगका एक–दुई स्थानमा भारी हिमपात वर्षाको सम्भावना छ । यो प्रणालीको प्रभाव मंगलबार साँझबाट घट्ने अनुमान छ ।

अरब सागरमा विकसित प्रणालीको असर नसकिँदै बंगालको खाडीमा विकास भइरहेको अर्को प्रणाली मोन्था चक्रवात बिहीबारसम्ममा नेपाल आइपुग्ने र नेपालको कोशी, मधेस र बागमतीलगायतका प्रदेशमा वर्षा गराउने विभागले जनाएको छ ।

RELATED ARTICLES

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Advertisment -
- Advertisment -
- Advertisment -
- Advertisment -

Most Popular

Recent Comments