विराटचोकः बाह्रखरी मिडियाले ‘डिस होम सातौँ बाह्रखरी कथा प्रतियोगिता, २०८२’ का निम्ति कथा आह्वान गरेको छ । बाह्रखरी मिडियाले प्रतियोगिता घोषणासँगै कथा आह्वान गरेको हो ।
बाह्रखरी मिडियाले यस वर्षदेखि विगतका वर्षभन्दा पुरस्कार राशी बढाएको जनाएको छ । प्रतियोगितामा सर्वोत्कृष्ट तीन कथालाई यस वर्षदेखि क्रमशः दुई लाख, एक लाख र ६० हजार रुपैयाँ नगदका साथ पुरस्कार तथा प्रमाणपत्र प्रदान गरिने बाह्रखरी मिडियाको भनाइ छ ।
सङ्ग्रहमा छापिने बाँकी २२ कथाकारलाई जनही सात हजार रुपैयाँ सम्मानस्वरूप प्रदान गरिनेछ । कथा लेखनको संवद्र्धन र प्रवद्र्धनका निम्ति प्रतियोगिता गरिएको बाह्रखरी मिडियाले जनाएको छ । नेपालको कथा लेखन प्रतियोगिताको सबैभन्दा ठूलो पुरस्कार राशी रहेको यस कथा प्रतियोगितामा सहभागी हुन चाहनेले कात्तिक ३० गतेसम्म [email protected] मा इमेल गरेर कथा पठाउनुपर्नेछ । नेपाली भाषाका सर्जकहरूले संसारभरबाट कथा पठाउन सक्ने बताइएको छ ।
रचना नेपाली भाषामा लेखिएको मौलिक हुनुपर्ने बताइएको छ । अघिल्लो वर्ष प्रतियोगिताका लागि पठाइएका कथा दोहो¥याएर पठाउन नपाइने र कथा अप्रकाशित र अप्रशारित हुनुपर्ने शर्त छ । नतिजा सार्वजनिक नहुन्जेल प्रतियोगितामा पठाइएको कथा कतै पनि प्रकाशन वा प्रशारण गर्न नपाइने तथा त्यसो गरिएको पाइएमा पुरस्कार रद्द गरिने जनाइएको छ ।
कथा कम्तीमा १ हजार ५ सय शब्द र बढीमा ४ हजार शब्दसम्मको हुनुपर्ने र वर्ड फाइलमा मात्र पठाउनुपर्ने बताइएको छ ।







