Friday, December 5, 2025
Homeखेलकुदइन्दू बर्मा महिला टी–२० आईमा हजार रन पूरा गर्ने पहिलो नेपाली खेलाडी

इन्दू बर्मा महिला टी–२० आईमा हजार रन पूरा गर्ने पहिलो नेपाली खेलाडी

विराटचोकः नेपाली महिला क्रिकेट टिमकी कप्तान इन्दू बर्माले टी–२० अन्तर्राष्ट्रिय क्रिकेटमा हजार रन पूरा गर्नुभएको छ ।

उहाँले मलेसियास्थित बायोमास ओभलमा घरेलु टोलीविरुद्धको चौथो खेलमा ४८ अविजित रन बनाएर नेपाललाई ६ विकेटको जीत दिलाउनुभएको हो ।
आज मलेसियासँग भएको खेलको जीतमा ४८ रनको अविजित इनिङ खेलेकी इन्दूको हजार रन पूरा भएको हो । उहाँ हजार रन पूरा गर्ने पहिलो नेपाली खेलाडी हुनुभएको छ । इन्दूको ७७ खेलमा १ हजार ४ ३ रन छ । सीता रानामगरको ६३ खेलमा ९६५ रन छ । रुबिना क्षेत्रीको ७८ खेलमा ९३६ रन छ । पूजा महतोको ४१ खेलमा ५१६ रन छ ।

इन्दूले हालसम्म एक अर्धशतक प्रहार गर्दा उच्च स्कोर ५५ रहेको छ ।

सन् २०१९ देखि सिनियर टोलीमा रहेकी इन्दूले हालसम्म ७० इनिङ्स खेल्नुभएको छ ।

 #cricket, #indu varma

RELATED ARTICLES

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Advertisment -
- Advertisment -
- Advertisment -
- Advertisment -

Most Popular

Recent Comments