Friday, December 5, 2025
Homeधर्म र संस्कृतियस्तो छ स्कन्दमाताको पूजा विधि

यस्तो छ स्कन्दमाताको पूजा विधि

विराटचोकः नवरात्रको पाँचौँ दिन आज नवदुर्गाको पाँचौँ स्वरुप स्कन्दमाताको पूजा आरधना गरिँदैछ । यस्तो छ स्कन्दमाताको पूजा विधिः

सबैभन्दा पहिले एउटा काठको चौकोसमा स्कन्दमाताको प्रतिमा स्थापित गर्नुपर्दछ । त्यसपछि गंगाजल या गोमूत्रद्वारा सो चौकोसलाई शुद्धीकरण गर्नुपर्दछ । चौकोसमा चाँदी, तामा या माटोको घडामा जल भरेर त्यसमा कलश स्थापना गर्नुपर्दछ । सो चौकोसमा श्रीगणेश, वरुण, नवग्रह, षोडश मातृका (१६ देवी), सप्तघृत मातृका (सात सिन्दूरको टीका लगाएका) को स्थापना गर्नुपर्दछ । त्यसपछि व्रत, पूजनको सङ्कल्प लिनु पर्दछ ।

वैदिक एवं सप्तशती मन्त्रद्वारा स्कन्दमातासहित समस्त स्थापित देवताहरुको षोडशोपचार पूजा विधिद्वारा पूजा गर्नुपर्दछ । यसमा आवाहन, आसन, पाद्य, अर्घ, आचमन, स्नान, वस्त्र, सौभाग्य सूत्र, चन्दन, सिन्दूर, दुबो, बेलपत्र, आभूषण, पुष्प हार, सुगन्धित द्रव्य, धूप, दीप, नैवेद्य, फल, पान, दक्षिणा, आरती, प्रदक्षिणा, मन्त्र पुष्पाञ्जलि आदि गरेपश्चात प्रसाद वितरण गरी पूजा सम्पन्न गरिन्छ ।

स्कन्दमाताको ध्यान मन्त्र

वन्दे वांछित कामार्थे चन्द्रार्धकृतशेखराम् ।
सिंहरूढ़ा चतुर्भुजा स्कन्दमाता यशस्वनीम् ।।
धवलवर्णा विशुध्द चक्रस्थितों पंचम दुर्गा त्रिनेत्रम् ।
अभय पद्म युग्म करां दक्षिण उरू पुत्रधराम् भजेम् ।।

पटाम्बर परिधानां मृदुहास्या नानांलकार भूषिताम् ।
मंजीर, हार, केयूर, किंकिणि रत्नकुण्डल धारिणीम् ।।
प्रफुल्ल वंदना पल्ल्वांधरा कांत कपोला पीन पयोधराम् ।
कमनीया लावण्या चारू त्रिवली नितम्बनीम् ।।

स्कन्दमाताको स्तोत्र पाठ
नमामि स्कन्दमाता स्कन्दधारिणीम् ।
समग्रतत्वसागररमपारपार गहराम्म् ।
शिवाप्रभा समुज्वलां स्फुच्छशागशेखराम् ।
ललाटरत्नभास्करां जगत्प्रीन्तिभास्कराम् ।

महेन्द्रकश्यपार्चिता सनंतकुमाररसस्तुताम् ।
सुरासुरेन्द्रवन्दिता यथार्थनिर्मलादभुताम् ।।
अतक्र्यरोचिरूविजां विकार दोषवर्जिताम् ।
मुमुक्षुभिर्विचिन्तता विशेषतत्वमुचिताम् ।

नानालंकार भूषितां मृगेन्द्रवाहनाग्रजाम् ।
सुशुध्दतत्वतोषणां त्रिवेन्दमारभुषताम् ।।
सुधार्मिकौपकारिणी सुरेन्द्रकौरिघातिनीम् ।
शुभां पुष्पमालिनी सुकर्णकल्पशाखिनीम् ।।

तमोन्धकारयामिनी शिवस्वभाव कामिनीम् ।
सहस्त्र्सूर्यराजिका धनज्ज्योगकारिकाम् ।।
सुशुध्द काल कन्दला सुभडवृन्दमजुल्लाम् ।
प्रजायिनी प्रजावति नमामि मातरं सतीम् ।।

स्वकर्मकारिणी गति हरिप्रयाच पार्वतीम् ।
अनन्तशक्ति कान्तिदां यशोअर्थभुक्तिमुक्तिदाम् ।।
पुनःपुनर्जगद्वितां नमाम्यहं सुरार्चिताम् ।
जयेश्वरि त्रिलोचने प्रसीद देवीपाहिमाम् ।।

नवरात्रको पाँचौं दिन स्कन्दमाताको पूजा आराधना गरिँदै

RELATED ARTICLES

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Advertisment -
- Advertisment -
- Advertisment -
- Advertisment -

Most Popular

Recent Comments