विराटचोकः अहिलेको विषम परिस्थितिमा व्यवसायीलाई भयरहित वातावरणमा व्यापार–व्यवसाय गर्न सहयोग पुर्याउने उद्देश्यले सुन्दरहरैँचा उद्योग वाणिज्य संघले चार्डपर्वलाई लक्षित गर्दै शान्ति–सुरक्षासम्बन्धी छलफल कार्यक्रम सम्पन्न गरेको छ ।
संघका अध्यक्ष नारायण कार्कीका अनुसार कार्यक्रममा उपस्थितहरूले शान्तिपूर्ण ढंगले कसरी सुरक्षित रूपमा व्यापार–व्यवसाय गर्न सकिन्छ भन्ने विषयमा छलफल गर्नुभएको थियो ।
छलफल कार्यक्रममा सशस्त्र प्रहरी बल सलकपुरका प्रमुख नवीन बानियाँ, संघका पूर्व अध्यक्ष गोपाल थापा, नवराज चापागाईं, कृष्णप्रसाद रिजाल, सुरेन्द्रबहादुर थापा, सुनचाँदी व्यवसायी संघका सुन्दरहरैंचाका अध्यक्ष विवेक न्यौपाने, सुन्दर होटल व्यवसायी संघका अध्यक्ष उत्सव थापा, इलाका प्रहरी कार्यालय बेलबारीका प्रमुख कृष्णबहादुर खत्री, स्थानीयवासी मोहन श्रेष्ठ, जानुका निरौलालगायतले आफ्नो धारणा राख्नुभएको थियो ।







