Monday, January 19, 2026
Homeफिचरथपियो शिवश्री हाइड्रोपावरको हकप्रदमा आवेदन दिने म्याद

थपियो शिवश्री हाइड्रोपावरको हकप्रदमा आवेदन दिने म्याद

विराटचोकः आज अन्तिम दिन रहेको शिवश्री हाइड्रोपावरको हकप्रद सेयर खरिदका लागि आवेदन दिने म्याद थपिएको छ । कम्पनीले गत भदौ १९ गतेदेखि हाल कायम चुक्तापूँजी १ अर्ब ४७ करोड ६४ लाख रुपैयाँबराबरको शतप्रतिशत रु. १०० अंकित दरका १ करोड ४७ लाख ६४ हजार कित्ता हकप्रद शेयर जारी गरेको छ ।

अब यो कम्पनीको हकप्रद खरीदका लागि आवेदन दिने म्याद लम्बाएर असोज २३ गतेसम्म पुर्याइएको छ । कम्पनीले हकप्रद शेयर निष्कासन प्रयोजनका लागि गत साउन १६ गते बुक क्लोज गरेको हुनाले साउन १५ गतेसम्म नेप्सेमा कारोबार भई कायम भएका शेयरधनीहरु मात्रै कम्पनीद्वारा जारी गरिने हकप्रद खरिदका लागि योग्य हुनेछन् ।

लगानीकर्ताले बिक्री प्रबन्धक सिटिजन्स क्यपिटलका साथै सिटिजन्स बैंकको कुमारीपाटी, ठिमी, विराटनगर, बिर्तामोड, वीरगञ्ज, सुर्खेत, जनकपुर नारायणगढ, धनगढी, पोखरा (न्यूरोड), बुटवल र हेटौंडा शाखा कार्यालयबाट आवेदन दिन सक्नेछन् ।

नेपाल धितोपत्र बोर्डबाट इजाजत प्राप्त सि–आस्बा सेवामा सहभागी बैंक तथा वित्तीय संस्था तथा ‘मेरो सेयर’ बाट समेत आवेदन दिन सकिने बिक्री प्रबन्धक सिटिजन्स क्यापिटल लिमिटेडले जनाएको छ ।

RELATED ARTICLES

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Advertisment -
- Advertisment -
- Advertisment -
- Advertisment -

Most Popular

Recent Comments