Friday, December 5, 2025
Homeअर्थसेबोनका सबै कर्मचारीमाथि अनियमितताको आरोप, २०५२ सालदेखि लिएको तलबबाहेकको सुविधा फिर्ता गर्न...

सेबोनका सबै कर्मचारीमाथि अनियमितताको आरोप, २०५२ सालदेखि लिएको तलबबाहेकको सुविधा फिर्ता गर्न निर्देशन

विराटचोकः नेपालको पुँजीबजारको प्रमुख नियामक निकाय नेपाल धितोपत्र बोर्ड (सेबोन) का सबै कर्मचारीहरुलाई अनियमितताको आरोप लागेको छ ।

कर्मचारीहरुले ०५२–५३ सालदेखि विभिन्न सेवासुविधाको नाममा खाईपाई आएको रकम गैरकानुनी भन्दै हालसम्म लिएको सबै रकम एकमुष्ट फिर्ता गर्न अर्थमन्त्रालय अन्तर्गतका राजस्व सचिवले निर्णय गरेर धितोपत्र बोर्डमा पत्र पठाएका छन् ।

तत्कालीन समयका क्याबिनेट र मन्त्रीस्तरमा निर्णय भई पारित भएका कार्यविधिकाको अधिनमा रही सेबोनका कर्मचारीहरुले तलबबाहेक विभिन्न सेवासुविधा पाउँदै आएका थिए । सो सेवासुविधामाथि राजस्व सचिवले प्रश्न उठाउँदै त्यो गैरकानुनी भएको भन्दै त्यसरी पाएको सम्पूर्ण रकम तुरुन्त असुल उपर गर्न भन्दै व्यवस्थापनलाई लिखित निर्देशन दिएका हुन् ।

पत्र आएपछि धितोपत्र बोर्डका कर्मचारी आफ्नै कार्यालयमा तालाबन्दी गरी मङ्गलबार दिउँसोदेखि आन्दोलनमा उत्रिएका छन् ।

 

RELATED ARTICLES

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Advertisment -
- Advertisment -
- Advertisment -
- Advertisment -

Most Popular

Recent Comments