विराटचोकः सुनचाँदीको भाउले लगातार उच्च मूल्यको नयाँ रेकर्ड बनाइरहेको छ । यसै क्रममा नेपाली बजारमा सुन र चाँदी दुवैको भाउले हिजो कायम भएको उच्च मूल्यको रेकर्डलाई तोड्दै आज नयाँ रेकर्ड कायम गरेका छन् । आज सुनको भाउ तोलामा ७०० रुपैयाँ र चाँदीको भाउ तोलामा ३० रुपैयाँ बढेको हो ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुनको भाउ प्रति तोला २ लाख १७ हजार ८०० रुपैयाँ निर्धारण भएको छ । चाँदीको भाउ प्रति तोला २ हजार ६५० रुपैयाँ निर्धारण भएको छ । आज सुनचाँदीको भाउले नयाँ रेकर्ड बनाउँदा हिजो कायम उच्च मूल्यको रेकर्ड तोडिएको हो ।
हिजो सुनको भाउ तोलामा १ हजार १०० रुपैयाँ र चाँदीको भाउ तोलामा ४० रुपैयाँ बढेको थियो ।







