विराटचोकः सुकुना बहुमुखी क्याम्पसकी विद्यार्थी प्रभा थापा त्रिभुवन विश्वविद्यालय व्यवस्थापन संकायअन्तर्गतको बीबीए पाँचौं सेमेष्टरको नतिजामा ४.०० एसजीपीए ल्याउँदै बोर्ड प्रथम हुनुभएको छ ।
सोही क्याम्पसका अर्चना रिजालले ३.९९ एसजीपीए ल्याउनुभएको छ । प्रकृति लुइँटेल, योबी गुरुङ र स्मृति बस्नेतले ३.९८ एसजीपीएसहित उत्कृष्ट स्थान हासिल गरेको क्याम्पसले जनाएको छ ।







