Friday, December 5, 2025
Homeफिचरथप ५ मन्त्रीको नाम प्रधानमन्त्रीद्वारा सिफारिश, आज शपथ

थप ५ मन्त्रीको नाम प्रधानमन्त्रीद्वारा सिफारिश, आज शपथ

विराटचोकः प्रधानमन्त्री सुशीला कार्कीले ५ जना मन्त्रीहरूको नाम राष्ट्रपति समक्ष सिफारिश गर्नुभएको छ । सिफारिश भएका मन्त्रीको शपथ आज हुने बताइएको छ ।

पूर्वन्यायाधीश अनिलकुमार सिन्हा, पत्रकार जगदीश खरेल, अतिरिक्त सचिव डा.संगीता मिश्रा, वैज्ञानिक महावीर पुन र तत्कालीन राज्य पुनर्संरचनाका संयोजक समेत डा. मदन परियारलाई मन्त्रीमा नियुक्तिका लागि राष्ट्रपति समक्ष सिफारिश गरिएको हो ।

सर्वोच्च अदालतका पूर्वन्यायाधीश सिन्हाले भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालय, उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालय र कानुन मन्त्रालयको जिम्मेवारी सम्हाल्ने हुने भएको छ । यसअघि कानुन मन्त्रालयको जिम्मेवारी गृहमन्त्री ओमप्रकाश अर्यालसँग थियो ।

अतिरिक्त स्वास्थ्य सचिव डा. मिश्रालाई स्वास्थ्यमन्त्रीमा सिफारिश गरिएको छ ।

इमेज टिभीका समाचार प्रमुख जगदीश खरेलललाई सञ्चार तथा सूचना प्रविधि मन्त्रालयको जिम्मेवारी दिने गरी सिफारिश गरिएको छ । दुई दशक भन्दा बढी समयदेखि पत्रकारिता गरिरहेका खरेलले त्रिभुवन विश्वविद्यालयबाट पत्रकारिता तथा आमसञ्चारमा स्नातकोत्तर गर्नुभएको छ । उहाँले अन्तर्राष्ट्रिय सम्बन्ध तथा कूटनीति विषयमा विद्यावारिधी गरिरहनुभएको छ ।

डा. मदन परियारलाई कृषि विकास तथा पशुपन्छी मन्त्रालयको जिम्मेवारी दिइने भएको छ । कृषि विज्ञ डा. परियार तत्कालीन राज्य पुनर्संरचनाको संयोजक पनि हुनुहुन्थ्यो ।

वैज्ञानिक महावीर पुनलाई शिक्षा। विज्ञान तथा प्रविधि मन्त्रीमा सिफारिश गरिएको छ । राष्ट्रिय आविष्कार केन्द्रका संस्थापक पुनले दुर्गम जिल्लामा ताररहित इन्टरेनट विस्तारमा पु¥याएको योगदानको कदर गर्दै अन्तर्राष्ट्रिय म्यागसेसे अवार्ड समेत पाउनुभएको छ ।

यसअघि उहाँलाई वीरगञ्जमा बन्द अवस्थामा रहेको कृषि औजार कारखानाको जिम्मा दिइएको थियो । उहाँले त्यहाँबाट विभिन्न औजार र मेसिनको विकासमा काम गर्दै आउनुभएको छ । सोही कारखानाको सञ्चालनको लागि भनेर आर्थिक स्रोत जुटाउन केही समय अघिदेखि उहाँ आफ्नो आत्मकथा बिक्री गर्न देशभर हिँडिरहनुभएको थियो ।

RELATED ARTICLES

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Advertisment -
- Advertisment -
- Advertisment -
- Advertisment -

Most Popular

Recent Comments