Friday, December 5, 2025
Homeफिचरसांसद नभई सुशीला कार्की हुनुभयो पहिलो महिला प्रधानमन्त्री, हालसम्म बने ६६१ जना...

सांसद नभई सुशीला कार्की हुनुभयो पहिलो महिला प्रधानमन्त्री, हालसम्म बने ६६१ जना महिला सांसद

विराटचोकः नेपालको राजनीतिक इतिहासमा २०१५ सालमा पहिलो महिला सांसद बनेकी द्वारिकादेवी ठकुरानी मन्त्री पनि बन्नुभयो । ठकुरानीले इतिहास रचेको ६७ वर्षपछि देशले महिला प्रधानमन्त्री पाएको छ ।

२०१५ सालमा क्षेत्र नम्बर ६६ डडेल्धुराबाट निर्वाचित भएकी द्वारिकादेवी ठकुरानी पहिलो महिला सांसद र मन्त्री भएपछि त्यसपछिका संसदहरूमा महिलाको उपस्थिति बढ्दै गयो । तर नेतृत्वमा भने पुग्न सफल भएका थिएनन् ।

नेपाल अधिराज्यको संविधान २०४७ को धारा ११४ मा संसदको निर्वाचनमा कम्तीमा ५ प्रतिशत महिला उम्मेदवार हुनुपर्ने व्यवस्था थियो । यो व्यवस्था संसदीय राजनीतिमा पाइला राख्न चाहने महिला राजनीतिज्ञका लागि पहिलो खुड्किलो थियो । फलस्वरूप २०४८ सालको आमचुनावमा ८ जना महिला निर्वाचित भएका थिए ।

२०६३ सालमा संसद पुनस्र्थापना भएपछि राज्यका हरेक निकायमा कम्तीतमा ३३ प्रतिशत महिला सहभागिताको सुनिश्चितता हुनुपर्ने भन्दै तत्कालीन महिला सांसदहरूले आन्दोलन गरेपछि अन्तरिम संविधानमा नै ३३ प्रतिशत महिला सहभागिताको सुनिश्चितता गरिएको थियो । पछि नेपालको संविधान २०७२ मा पनि यसलाई समेटियो ।

यति हुँदाहुँदै पनि नेपालमा महिला प्रधानमन्त्री भने बन्न सकेका थिएनन् । २०१५ सालयता नै महिला सांसद कहिल्यै नछुटे पनि प्रधानमन्त्री भने बन्न सकेनन् । २०१५ सालमा १ जना, पञ्चायत अवधिभर २१ जना, २०४८ सालमा ८ जना, २०५१ सालमा ७ जना, २०५६ सालमा १२ जना र २०६३ सालमा ५७ जना महिला सांसद बनेका थिए । २०६४ सालको संविधान सभा निर्वाचनमा १९७ र २०७० सालको संविधानसभा निर्वाचनमा १७६ जना महिला सांसद भएका थिए । २०७४ सालको निर्वाचनमा ९० र ०७९ सालको आम निर्वाचनमा ९२ जना महिला सांसद भएका थिए ।

जेन जी आन्दोलनमार्फत् सांसद नभई अन्तरिम सरकारको पहिलो प्रधानमन्त्री बन्नुभएकी सुशीला कार्कीले ०८२ फागुन २१ गते निर्वाचन सम्पन्न गरी त्यसपछि बन्ने सरकारलाई आफ्नो पद हस्तान्तरण गर्नुहुनेछ ।

RELATED ARTICLES

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Advertisment -
- Advertisment -
- Advertisment -
- Advertisment -

Most Popular

Recent Comments