लेटाङः संविधान दिवसको दिन आज मोरङको लेटाङ नगरपालिकामा विशेष कार्यक्रम गरिएको छ । कार्यक्रमलाई सम्बोधन गर्दै लेटाङ नगरपालिकाका प्रमुख भुपेन्द्रकुमार लावतीले २०७२ सालमा जारी भएको नेपालको संविधान उत्कृष्ट संविधान भएको हुनाले यसको कार्यान्वयनतर्फ लाग्नुपर्नेमा जोड दिनुभयो ।
असहमति र असन्तुष्टि रहेको अवस्थामा संविधान संशोधन गरेर अघि बढ्न पनि सकिने उहाँले बताउनुभयो । कार्यक्रममा राजनीतिक दलका तर्फबाट नेकपा माओवादी केन्द्रका नगर अध्यक्ष भुपेश लिम्बू, नागरिक समाजका अगुवा सीताराम लुइँटेल र जेन जी युवाहरुको तर्फबाट रिचन तिम्सिनाले आफ्नो भनाइ राख्नुभएको थियो ।
कार्यक्रममा नगर उपप्रमुख कृष्णकुमारी निरौलाका साथै जनप्रतिनिधहरु, विभिन्न राजनीतिक दलका प्रतिनिधि, जेन जीका प्रतिनिधिहरु, नागरिक समाजका प्रतिनिधि, पत्रकार तथा सुरक्षा निकायका प्रतिनिधिहरुको उपस्थिति रहेको थियो ।
नगर प्रमुख भुपेन्द्रकुमार लावतीको अध्यक्षतामा कार्यक्रम भएको थियो ।







