Friday, December 5, 2025
Homeअर्थदुबईस्थित बहुराष्ट्रिय कम्पनी फिल्प्सको सीईओमा नेपाली फिनटेक उद्यमी ढकाल

दुबईस्थित बहुराष्ट्रिय कम्पनी फिल्प्सको सीईओमा नेपाली फिनटेक उद्यमी ढकाल

विराटचोकः दुबईस्थित ग्लोबल फिनटेक कम्पनी फिल्प्स लिमिटेडको सीईओमा नेपालका प्रख्यात फिनटेक उद्यमी विश्वास ढकाल नियुक्त भएका छन् । यो नियुक्ति नेपाली फिनटेक क्षेत्रका लागि एक महत्वपूर्ण उपलब्धि मानिएको छ । ढकाल नेपालको सबैभन्दा सफल फिनटेक उद्यमी मानिन्छन् ।

फिल्प्सको नेतृत्वमा आउन ढकालले अगष्ट २०२५ मा बंगलादेशको सिटी बैंकसँग गरिएको रणनीतिक साझेदारी उल्लेखनीय रहेको थियो ।

ढकालको कम्पनी एफवान सफ्ट इन्टरनेसनलको सेवा नेपालका लगभग ९० प्रतिशत बैंकहरूले प्रयोग गर्दै आएका छन् । उनले सन् २००४ मा सो कम्पनी स्थापना गरेका थिए । ढकाल नेपालको पहिलो अनलाइन भुक्तानी गेटवे इसेवा र फोन पेका संस्थापक हुन् ।

अमेरिकी विदेश मन्त्रालयले उनलाई अन्तर्राष्ट्रिय भिजिटर लिडरशिप प्रोग्राम र २०१६ को ग्लोबल इन्ट्रेप्रेन्योरशिप समिटका लागि छनोट गरेको थियो ।

RELATED ARTICLES

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Advertisment -
- Advertisment -
- Advertisment -
- Advertisment -

Most Popular

Recent Comments