Friday, December 5, 2025
Homeपर्यटननेपालीरिका होटलका कर्मचारीको रोजगारी सुरक्षित, दशैं बोनस पनि पाउने

नेपालीरिका होटलका कर्मचारीको रोजगारी सुरक्षित, दशैं बोनस पनि पाउने

विराटचोकः जेन जी आन्दोलनका क्रममा ठूलो क्षति भएको सुन्दरहरैंचाको नेपालीरिका होटलले आफ्ना सबै कर्मचारीको रोजगारी सुरक्षित रहेको जनाएको छ । सबै कर्मचारीले दशैं बोनस पनि पाउने होटलले जनाएको छ ।

जेन जी आन्दोलनका क्रममा भदौ २४ गते होटलको संरचनामा ठूलो क्षति पुगेको थियो । आगजनीको समयमा आफ्नो ज्यानलाई जोखिममा राखी होटलमा आएका पाहुनाहरूलाई सुरक्षित रूपमा बाहिर निकाल्न सहयोग गर्ने तथा सुरक्षाको जिम्मेवारी निर्वाह गर्ने सम्पूर्ण कर्मचारीलाई पुरस्कृत गरिने पनि होटलले जनाएको छ ।

नेपालीरिका होटल व्यवस्थापनले सङ्कटका समयमा कर्मचारीहरूले देखाएको साहस, समर्पण र कर्तव्यनिष्ठताप्रति कृतज्ञता व्यक्त गरेको छ । भविष्यमा पनि कर्मचारीहरूको हित र सुरक्षालाई सर्वोच्च प्राथमिकतामा राखिने होटल सञ्चालक समितिका अध्यक्ष भोलेश्वर दुलालले बताउनुभएको छ ।

RELATED ARTICLES

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Advertisment -
- Advertisment -
- Advertisment -
- Advertisment -

Most Popular

Recent Comments