Friday, December 5, 2025
Homeअर्थबल्ल आउने भो धरानको बजेट, भोलि बोलाइयो नगरसभा, १ अर्ब ९८ करोड...

बल्ल आउने भो धरानको बजेट, भोलि बोलाइयो नगरसभा, १ अर्ब ९८ करोड रुपैयाँको बजेट आउने

धरानः पूँजीगत खर्च २० प्रतिशत घटाउन नगर प्रमुख हर्कराज राई सहमत भएपछि धरान उपमहानगरपालिकाको बजेट भोलि सार्वजनिक हुने भएको छ । विवादका कारण तोकिएको समयमा बजेट आउन सकेको थिएन ।

आज बसेको कार्यपालिका बैठकले नीति तथा कार्यक्रम र बजेट पारित गरेपछि बजेट आउने निश्चित भएको हो । यसअघि भदौ २६ मा नगरसभा बोलाइएको भए पनि भदौ २३ र २४ गते भएको आन्दोलनका कारण नगरसभा हुन सकेको थिएन ।

धरान उप महानगरमा रहेको स्रोत अनुमान तथा बजेट सीमा निर्धारण समितिले २ अर्ब २० करोड ७४ लाख ५९ हजारको सिलिङ कार्यपालिकामा पेश गरेको थियो । सो सिलिङमा एमालेको असहमति हुँदाहुँदै पनि मेयर हर्क साम्पाङले अल्पमतबाटै पारित गरेको दाबी गरेका थिए ।

RELATED ARTICLES

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Advertisment -
- Advertisment -
- Advertisment -
- Advertisment -

Most Popular

Recent Comments