विराटचोकः आज सुन र चाँदी दुवैको भाउ घटेको छ । सुनको भाउ तोलामा ९०० रुपैयाँ र चाँदीको भाउ तोलामा ३० रुपैयाँ घटेको हो ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुनको भाउ प्रति तोला २ लाख १५ हजार २०० रुपैयाँ निर्धारण भएको छ । चाँदीको भाउ प्रति तोला २ हजार ५२० रुपैयाँ निर्धारण भएको छ ।
बुधबार सुनको भाउ तोलामा १ हजार ९०० रुपैयाँ र चाँदीको भाउ तोलामा ४५ रुपैयाँ घटेको थियो ।







