विराटचोकः नझरेका फूलहरूले भदौ महिनाका हरेक शनिबार गरिरहेको ‘स्रष्टासँग शनिबार’ को तेस्रो शृङ्खलामा भोलि सर्जकसँग संवाद–परिसंवाद कार्यक्रम हुने भएको छ ।
आयोजक संस्था नझरेका फूलहरूका अध्यक्ष केपी घिमिरेका अनुसार मोहन तिम्सिनाको सहजीकरणमा हुने परिसंवाद कार्यक्रममा सुनसरीका मोहन तुम्बाहाङ, झापाका चन्द्र भण्डारी मोरङकी डा. इन्दिरा मिश्र वक्ताको रूपमा सहभागी हुनुहुनेछ ।
कार्यक्रमको सभापतित्व स्रष्टा मनु मञ्जिलले गर्नुहुने भएको छ । कार्यक्रमको प्रमुख अतिथि रेडियो नेपालका कार्यक्रम अधिकृत नयराज नेपाल रहनुहुने भएको छ ।
अघिल्ला शृङ्खलाझैँ यो शृङ्खला पनि सुन्दरहरैंचा–१० खोर्सानेमा रहेको सृजना रेष्ट्रो एण्ड क्याफेमा सञ्चालन हुने भएको छ ।
नझरेका फूलहरूको आयोजनामा भएको ‘स्रष्टासँग शनिबार’ कार्यक्रममा डा. अस्मिता बिष्टका कविता प्रस्तुत
‘नझरेका फूलहरू’ले भदौ महिनाका हरेक शनिबार ‘स्रष्टासँग शनिबार’ कार्यक्रम आयोजना गर्ने







