विराटचोकः गत आर्थिक वर्षको नाफाबाट एभरेष्ट बैंक लिमिटेडले २० प्रतिशत लाभांश घोषणा गरेको छ । भदौ १९ गते बसेको बैंकको सञ्चालक समितिको बैठकले सो लाभांश घोषणा गरेको हो ।
बैठकले ६ प्रतिशत स्टक लभांश र १४ प्रतिशत नगद लाभांश (स्टक लाभांशमा लाग्ने कर समेत) गरी २० प्रतिशत लाभांश घोषणा गरेको हो । प्रस्तावित लाभांश नेपाल राष्ट्र बैंकबाट स्वीकृत भएपछि र बैंकको आगामी साधारण सभाबाट अनुमोदन भएपछि शेयरधनीको खातामा जम्मा हुनेछ ।
गत आर्थिक वर्षको नाफाबाट लाभांश घोषणा गर्ने दोस्रो बैंक एभरेष्ट बैंक भएको हो । यसअघि माछापुच्छ्रे बैंकले गत आर्थिक वर्षको नाफाबाट ८ प्रतिशत लाभांश दिने घोषणा गरेको थियो ।
माछापुच्छ्रे बन्यो लाभांश घोषणा गर्ने पहिलो वाणिज्य बैंक, ८ प्रतिशत लाभांश दिने







