विराटचोकः भदौ महिनाका हरेक शनिबार नझरेका फूलहरूको आयोजनामा भइरहेको ‘स्रष्टासँग शनिबार’ कार्यक्रमको दोस्रो शृङ्खलामा धरान निवासी डा. अस्मिता बिष्टले आफ्ना केही कविता सुनाउनुभएको । डा. बिष्टका कविताले कार्यक्रममा उपस्थित स्रोतालाई मन्त्रमुग्ध बनाएको थियो ।
यसै महिना आफ्नो पहिलो कविता सङ्ग्रह प्रकाशन गर्न लाग्नुभएकी बिष्टले कार्यक्रममा प्रेमभावसँग सम्बन्धित पहिलो कविता सुनाउनुभएको थियो । ‘दुस्मन प्रेमीको खोजीमा’ शीर्षकको सो कवितालाई स्रोताले खुब मन पराएका थिए ।
कार्यक्रममा डा. बिष्टले ‘एक पटकलाई’ शीर्षकको अर्काे पनि प्रेमभावयुक्त कविता सुनाउनुभएको थियो । उहाँले ‘जानेछन् कुनै दिन’, ‘बाको रहर’, ‘जब म आफ्नो देशमा हुन्छु’, ‘जीवनगीत’,
प्रदेश सांसद मानबहादुर लिम्बूको प्रमुख आत्थ्यिता तथा साहित्यकार डा. दीपक न्यौपानेको अध्यक्षतामा भएको कार्यक्रममा स्वागत मन्तव्य व्यक्त गर्नुभएको थियो । सुन्दरहरैंचा–१० खोर्सानेमा रहेको सृजना क्याफे एण्ड रेष्ट्रोमा भएको कार्यक्रममा धरान, इटहरी, केराबारी, बेलबारी र सुन्दरहरैंचाका साहित्यकारहरुको उपस्थिति रहेको थियो ।
नझरेका फूलहरूका प्रस्तोता केपी घिमिरेका अनुसार भदौ महिनाका हरेक शनिबार हुने ‘स्रष्टासँग शनिबार’ कार्यक्रमका सबै शृङ्खला कार्यक्रमको सह आयोजक सृजना रेष्ट्रो एण्ड क्याफेमा हुनेछन् ।
शृङ्खलाको पहिलो कार्यक्रममा इनरुवा निवासी राज भट्टराईले आफ्ना गजल प्रस्तुत गर्नुभएको थियो ।







