Friday, December 5, 2025
Homeफिचरसन्थाल जातिबाट पहिलो न्यायाधीश विश्वदीप बेस्रा

सन्थाल जातिबाट पहिलो न्यायाधीश विश्वदीप बेस्रा

विराटचोकः मङ्गलबार बसेको न्याय परिषद्को बैठकले ६ जना जिल्ला न्यायाधीश नियुक्त गरेको गरेको छ ।

न्याय परिषद्का सूचना अधिकारी सुमन पाण्डेका अनुसार नियुक्ति हुनेहरूमा काठमाडौँ जिल्ला सरकारी वकिल कार्यालयका न्यायाधिवक्ता गोकुलबहादुर निरौला, प्रशासकीय अदालतका उपरजिस्ट्रार अरुणकुमार कोइराला, रोल्पा जिल्ला अदालतका स्रेस्तेदार कुलप्रसाद दाहाल, सर्वोच्च अदालतका इजलास अधिकृत सूर्यप्रसाद भण्डारी र उपरजिस्ट्रार अनुपमा पन्त तथा कानुन मन्त्रालयका उपसचिव विश्वदीप बेस्रा (सन्थाल) हुुनुहुन्छ ।

बेस्रा सन्थाल जातिबाट न्यायाधीश बन्ने पहिलो व्यक्ति हुनुभएको छ । निरौलालाई कैलाली जिल्ला अदालत, कोइरालालाई डडेल्धुरा जिल्ला अदालत, दाहाललाई कालिकोट जिल्ला अदालत, भण्डारीलाई कञ्चनपुर जिल्ला अदालत, पन्तलाई धनुषा जिल्ला अदालत र बेस्रालाई रौतहट जिल्ला अदालतको न्यायाधीश पदमा नियुक्त गरिएको न्याय षरिषद्ले जनाएको छ ।

RELATED ARTICLES

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Advertisment -
- Advertisment -
- Advertisment -
- Advertisment -

Most Popular

Recent Comments