विराटचोकः लगातार सुनको मूल्यले आज पाँचौँ दिन उच्च मूल्यको नयाँ रेकर्ड कायम गरेको छ । सुनको भाउ आज तोलामा २ हजार रुपैयाँ बढेको छ । चाँदीको भाउ भने ५ रुपैयाँ घटेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको भाउ प्रति तोला २ लाख ७ हजार ९०० रुपैयाँ पुगेको छ । चाँदीको भाउ प्रति तोला २ हजार ४८० रुपैयाँ निर्धारण भएको छ ।
हिजो सुनको भाउ तोलामा ६०० रुपैयाँ र चाँदीको भाउ तोलामा १५ रुपैयाँ बढेको थियो ।
गत बिहीबार १ लाख ९९ हजार ४०० रुपैयाँमा किनबेच भएको शेयरले त्यसयता दिनहुँ उच्च मूल्यको रेकर्ड बनाइरहेको छ ।







