Friday, December 5, 2025
Homeफिचरआज दिउँसो कोशीसहित ४ प्रदेशका पहाडी क्षेत्रमा भारी वर्षाको सम्भावना, धनकुटाको पाख्रीबासमा...

आज दिउँसो कोशीसहित ४ प्रदेशका पहाडी क्षेत्रमा भारी वर्षाको सम्भावना, धनकुटाको पाख्रीबासमा धेरै वर्षा

विराटचोकः जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाले आज दिउँसो कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशमा भारी वर्षाको सम्भावना रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।

विभागले आज जारी गरेको बुलेटिनमा जनाइएअनुसार आज दिउँसो कोशी, बागमती, गण्डकी प्रदेशका पहाडी भूभाग तथा लुम्बिनी प्रदेशको तराई र पहाडी भूभागका थोरै स्थानहरूमा भारी वर्षाको सम्भावना छ । अन्य स्थानमा भने मध्यम वर्षाको सम्भावना छ ।

आज राति पहाडी भूभागका केही स्थानहरूमा र तराई भूभागका थोरै स्थानहरूमा मध्यम वर्षाको सम्भावना रहेको तथा गण्डकी प्रदेश र सुदूरपश्चिम प्रदेशका पहाडी भूभागका एक–दुई स्थानमा भने भारी वर्षा हुन सक्ने विभागले जनाएको छ ।

पाख्रीबासमा धेरै वर्षा
विभागका अनुसार गत २४ घण्टामा धनकुटाको पाख्रीबास र आसपासका क्षेत्रमा मध्यमदेखि भारी वर्षा भएको थियो । त्यस्तै, सुर्खेतको गोठीकाँडा, सुर्खेत एयरपोर्ट, पश्चिम रुकुमको बाँफीकोट, पर्वतको कुस्मा, कास्कीको लुम्ले र रिवान, लमजुङको भुजुङ र खुदीबजार, सिन्धुपाल्चोकको बोल्डे र काठमाडौंको सुन्दरीजलमा पनि मध्यमदेखि भारी वर्षा भएको थियो ।

के हो हल्का, मध्यम, भारी र धेरै भारी वर्षा भनेको

RELATED ARTICLES

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Advertisment -
- Advertisment -
- Advertisment -
- Advertisment -

Most Popular

Recent Comments