Friday, December 5, 2025
Homeफिचरके हो हल्का, मध्यम, भारी र धेरै भारी वर्षा भनेको

के हो हल्का, मध्यम, भारी र धेरै भारी वर्षा भनेको

विराटचोकः जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाले मौसम पूर्वानुमानबारे जानकारी दिँदा हल्का, मध्यम, भारी, धेरै भारी र अति भारी वर्षा हुनेजस्ता शब्द प्रयोग गर्छ । त्यस्तै, एक–दुई स्थान, केही स्थान, धेरै स्थान र अधिकांश स्थान भन्ने शब्द पनि प्रयोग हुने गर्छ ।

यी प्राविधिक शब्दबारे धेरैलाई जानकारी नहुन सक्छ । यहाँ तिनै शब्दको अर्थको बारेमा सामान्य जानकारी प्रस्तुत गरिएको छ । जस्तै, २४ घण्टाको अवधिमा १० मिलिमिटरभन्दा कम पानी प¥यो भने हल्का वर्षा, १० मिलिमिटरभन्दा धेरै तर ५० मिलिमिटरभन्दा कम वर्षा भयो भने मध्यम वर्षा र ५० मिलिमिटरभन्दा धेरै तर १०० मिलिमिटरभन्दा कम वर्षा भयो भने भारी वर्षा भनिन्छ ।

त्यस्तै, २४ घण्टाको अवधिमा १०० मिलिमिटरभन्दा धेरै तर २०० मिलिमिटरभन्दा कम वर्षा भएमा मौसमविदहरुले त्यसलाई धेरै भारी वर्षा भन्छन् । २०० मिलिमिटर भन्दा धेरै वर्षा भएमा अति भारी वर्षा भएको भनिन्छ ।

स्थानको अर्थ
त्यस्तै, पानी पर्न सक्ने ठाउँको बारेमा पूर्वानुमान गर्दा मौसमविद्ले एक–दुई स्थान, थोरै स्थान, केही स्थान, धेरै स्थान र अधिकांश स्थान भन्छन् । जसको अर्थ यस्तो छः

एक–दुई स्थानमा पानी पर्छ भनेको १० प्रतिशतभन्दा कम भूभागमा पानी पर्छ भनिएको हो । १० देखि ३० प्रतिशत भूभागमा पानी पर्ने सम्भावना छ भने त्यस्तो अवस्थामा ‘थोरै स्थान’मा पानी पर्ने भनिन्छ ।

३० देखि ५० प्रतिशत भूभागमा पानी पर्ने सम्भावना छ भने त्यसलाई ‘केही स्थान’मा भनिन्छ । ५० देखि ८० प्रतिशत क्षेत्रमा पानी पर्ने सम्भावना छ भने त्यसलाई ‘धेरै स्थान’मा भनिन्छ ।

८० प्रतिशतभन्दा धेरै भागमा पानी पर्ने सम्भावना छ भने त्यस बेला मौसमविद्ले ‘अधिकांश स्थान’मा वर्षा हुने सम्भावना रहेको भन्ने गर्दछन् ।

RELATED ARTICLES

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Advertisment -
- Advertisment -
- Advertisment -
- Advertisment -

Most Popular

Recent Comments