Friday, December 5, 2025
Homeधर्म र संस्कृतिसामाजिक मिलन केन्द्र प्रतिष्ठानले आयोजना गरेको तीज गीत नृत्य प्रतियोगितामा कौशिकी नृत्य...

सामाजिक मिलन केन्द्र प्रतिष्ठानले आयोजना गरेको तीज गीत नृत्य प्रतियोगितामा कौशिकी नृत्य समूह पहिलो

सलकपुरः सामाजिक मिलन केन्द्र प्रतिष्ठान सुन्दरहरैंचाले तीज पर्वको अवसर पारेर बिहीबार आयोजना गरेको तीज गीत नृत्य प्रतियोगितामा कौशिकी नृत्य समूह पहिलो भएको छ ।

प्रतियोगितामा विष्णुपाञ्चायन भजन समूह दोस्रो, पाथीभरा महिला समूह तेस्रो हुँदा लालीगुराँस भजनकीर्तन समूहले सान्त्वना स्थान हात पारेको थियो ।

प्रतियोगितामा विजयी समूहलाई नगद पुरस्कार प्रदान गरिएको थियो । प्रतिष्ठानका अध्यक्ष गंगानाथ पोख्रेलको अध्यक्षता तथा सामाजिक व्यक्तित्व मित्रसेन योञ्जनको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा पूर्व प्रमुख जिल्ला अधिकारी प्रेमप्रकाश उप्रेती, मायाघर नेपालकी अध्यक्ष सुभद्रा प्याकुरेललगायत विभिन्न संघसंस्थाका दर्जनौँ व्यक्तिको उपस्थिति रहेको थियो ।

दुर्गादेवी दुलाल स्पोट्र्स ग्राम सुन्दरहरैंचा–८ मा भएको सो कार्यक्रममा प्रतिष्ठानलाई विभिन्न समयमा सहयोग गर्ने व्यक्तिहरूलाई सम्मान पनि गरिएको थियो ।

निर्मला खनाल फुयालको संयोजकत्वमा भएको कार्यक्रमको सञ्चालन सुरज बिष्टले गर्नुभएको थियो ।

कार्यक्रममा गायक सुनिता कटुवालले गीत प्रस्तुत गर्नुभएको थियो भने दुई समूहले नाटक प्रस्तुत गरेका थिए ।

RELATED ARTICLES

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Advertisment -
- Advertisment -
- Advertisment -
- Advertisment -

Most Popular

Recent Comments