Friday, December 5, 2025
Homeफिचरडेस्टिनेशन एजुकेशन एण्ड भिसा सर्भिसेसद्वारा शैक्षिक सेमिनार

डेस्टिनेशन एजुकेशन एण्ड भिसा सर्भिसेसद्वारा शैक्षिक सेमिनार

विराटचोकः डेस्टिनेशन एजुकेशन एण्ड भिसा सर्भिसेसले मोरङको सुन्दरहरैँचास्थित नेपालीरिका होटलमा शैक्षिक सेमिनार आयोजना गरेको छ ।

सेमिनारमा सहभागी करीब ३५० जना विद्यार्थीहरूलाई विद्यार्थी भिसा आवेदनका लागि आवश्यक प्रक्रिया र मापदण्डबारे विस्तृत जानकारी दिइएको थियो । विद्यार्थी भिसा आवेदनका क्रममा ध्यान दिनुपर्ने कानुनी प्रक्रिया, आवश्यक कागजात तथा सफलता दर बढाउने उपायहरूबारे विज्ञहरूले प्रष्ट पार्नुभएको थियो ।

आयोजक संस्थाका संस्थापक तथा सञ्चालक रुपेस भट्टराईले सेमिनार सफल बनाउन सहयोग गर्ने सबै विद्यार्थी र सहभागीलाई धन्यवाद दिँदै यस्ता कार्यक्रमहरूले विद्यार्थीहरूको भविष्य निर्माणमा महत्वपूर्ण भूमिका खेल्ने विश्वास व्यक्त गर्नुभएको थियो ।

RELATED ARTICLES

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Advertisment -
- Advertisment -
- Advertisment -
- Advertisment -

Most Popular

Recent Comments