भोजपुरः नेपाल लोकतान्त्रिक खेलकुद संघ भोजपुरको पहिलो जिल्ला अधिवेशनले देउप्रकाश राईको अध्यक्षतामा ११ सदस्यीय कार्यसमिति चयन गरेको छ ।
कार्यसमितिको उपाध्यक्षमा ललित राई, सचिवमा प्रवीण खड्का र कोषाध्यक्षमा विपीन निरौला चयन हुनुभएको छ । सदस्यहरुमा दिपेश भुजेल, सन्तोष तामाङ, नरेश राई, शर्मिला राई, सुषमा राई, सबिना थापा र शिला ढकाल चयन हुनुभएको छ ।
त्यस्तै, संघीय प्रतिनिधिमा देउप्रकाश राई, दीपक राई, छत्र राई र शर्मिला राई चयन हुनुभएको छ ।
नेपाल लोकतान्त्रिक खेलकुद संघ भोजपुरका प्रतिनिधि तथा पार्टी सचिव सफल किरातीका अनुसार प्रदेश प्रतिनिधिमा प्रवीण खड्का, विपीन निरौला, सुदेश श्रेष्ठ र सबिना थापा चयन हुनुभएको छ ।







